४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज « Khabarhub

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र रोमाञ्चक खेल हुँदैछ । आज हुने खेलमा युरोपेली फुटबलका दुई महारथी स्पेन र पोर्चुगल आमनेसामने हुनेछन् । डल्लासमा हुने यो ‘आइबेरियन डर्बी’ लाई फुटबल जगत्‌का दुई फरक पुस्ताबीचको टक्करका रूपमा हेरिएको छ। एकातिर ४१ वर्षका भेट्रान स्टार क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतिर १८ वर्षका युवा प्रतिभा लामिन यामाल स्पेनी टोलीमा छन् ।

यो खेल गत वर्षको यूईएफए नेसन्स लिग फाइनलको ‘रिम्याच’ समेत हो, जसमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगलले उपाधि जितेको थियो ।

नेसन्स लिग जिते पनि आजको खेलमा पोर्चुगललाई बलियो दाबेदार मानिएको छैन । समूह चरणमा निकै संघर्ष गर्दै र उतारचढावपूर्ण प्रदर्शनका साथ अन्तिम १६ मा पुगेको पोर्चुगलका लागि स्पेनको नयाँ ‘गोल्डेन जेनेरेसन’लाई रोक्नु फलामको चिउरा चपाउनु सरह हुनेछ ।

सुरुवाती खेलमा गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि भने उत्कृष्ट पुनरागमन गरेको छ । चुस्त प्लेमेकिङ र मजबुत रक्षापङ्क्तिका कारण स्पेन १६ वर्षपछि पहिलो पटक क्वाटरफाइनलमा पुग्ने बलियो सम्भावना बोकेको टोली बनेको छ ।

समूह ‘जे’ मा ५ अङ्क जोड्दै पोर्चुगल दोस्रो स्थानमा रहेको थियो । उसले उज्बेकिस्तानलाई पराजित गर्‍यो भने प्रजातान्त्रिक गणतन्त्र कङ्गो र कोलम्बियासँग बराबरी खेल्यो । अन्तिम ३२ को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै क्रोएसियालाई २-१ ले हराएर पोर्चुगलले विवादित रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

समूह ‘एच’ को विजेता बन्ने क्रममा स्पेनले ७ अङ्क जोड्यो । साउदी अरब र उरुग्वेलाई हराएको स्पेन केप भर्डेसँग भने गोलरहित बराबरीमा रोकिएको थियो । अन्तिम ३२ को खेलमा स्पेनले अस्ट्रियालाई ३-० को फराकिलो अन्तरले पन्छाएको थियो । स्पेन २५ जित, ९ बराबरी सहित पछिल्ला ३४ खेलमा अपराजित छ । सन् २००७ फेब्रुअरीदेखि २००९ जुनसम्म कायम गरेको आफ्नो इतिहासकै सबैभन्दा लामो ३५ खेलको अपराजित यात्राको कीर्तिमान बराबरी गर्न स्पेन मात्र एक खेल टाढा छ ।

४१ वर्ष पुगिसकेका रोनाल्डोको मैदानभित्रको जादु पहिले जस्तो आक्रामक र विस्फोटक नभए पनि मैदान बाहिर उनको प्रभाव र उचाइ अझै कायम छ । यो विश्वकप रोनाल्डोको खेल जीवनकै अन्तिम हुनसक्ने अनुमान गरिएको छ । रोनाल्डो आफैँले यसबारे स्पष्ट नपारे पनि उनकी बहिनीले यस विश्वकपपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताएकी छन् ।

त्यसैले पोर्चुगलका लागि अबका प्रत्येक नकआउट खेल गर या मरको अवस्थामा छन् । यदि पोर्चुगल पराजित भएमा रोनाल्डोको खेल जीवनको दुखद अन्त्य हुनसक्छ र उनको प्रतिष्ठित ट्रफीहरूको सङ्ग्रहमा ‘गोल्डेन विश्वकप ट्रफी’ सधैँका लागि अपुरो रहनेछ ।

ह्यामस्ट्रिङ चोटका कारण विश्वकप यात्रा नै जोखिममा परेका १८ वर्षीय विङ्गर लामिन यामालले अहिले उत्तर अमेरिकामा जारी विश्वकपमा सबैको ध्यान खिचिरहेका छन् । यूरो २०२४ मा स्पेनलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका यामालले अस्ट्रियाविरुद्धको नकआउट खेलमा ‘म्यान अफ दि म्याच’ प्रदर्शन गर्दै आफ्नो लय प्रमाणित गरे ।

खेलअघि आत्मविश्वासी देखिएका यामालले भने, “म अगाडिका चरणहरू पार गर्दै स्पेनका लागि उपाधि जित्न चाहन्छु । हामी कुनै पनि टोलीसँग डराउँदैनौँ, किनकि हामी स्पेन हौँ । वास्तविक विश्वकप त अब सुरु हुँदैछ ।”

जारी विश्वकपमा यामालले एक गोल गरेका छन् भने मिकेल ओयार्जाबाल ४ गोलसहित स्पेनका लागि शीर्ष स्कोरर छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप जितेको स्पेन १६ वर्षपछि दोस्रो उपाधि पछ्याउने दाउमा छ ।

ठूला प्रतियोगिताहरूमा यी दुई टोलीबीच भएका पछिल्ला ५ भेटमा तीव्र प्रतिस्पर्धा देखिएको छ, जसमा दुवैले १-१ खेल जितेका छन् भने ३ खेल बराबरीमा सकिएका छन् । सन् २०१८ को विश्वकपमा भएको यस्तै एक रोमान्चक खेल ३-३ को बराबरीमा सकिएको थियो, जसमा रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

समग्र इतिहास हेर्ने हो भने, यी दुई टोलीबीच हालसम्म ४१ पटक प्रतिस्पर्धा भएको छ । जसमा स्पेन १८ पटक विजयी भएको छ भने पोर्चुगलले ७ पटक मात्र जित हात पारेको छ । बाँकी १६ खेल बराबरीमा सकिएका छन् ।

तर, सन् २०२५ जुनमा भएको यूईएफए नेसन्स लिगको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको हुनाले पोर्चुगल आज उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ७ : ३३ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही