ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट « Khabarhub

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी फल)मा ढुसीजन्य रोगको सङ्क्रमण फैलिन थालेपछि उत्पादनमा गिरावट आएको छ ।

जिल्लाका अधिकांश ड्रागन फार्ममा यो समस्या देखिएको कृषि प्राविधिकले बताएका छन् । कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लामा २४ हेक्टर क्षेत्रफलमा गरिएको ड्रागन फल खेतीमध्ये धेरैजसोमा ढुसीजन्य रोगको सङ्क्रमण देखिएको छ ।

उनले कोलेटोट्रिचम नामक ढुसीका कारण फलमा कोत्रे रोग लाग्ने जानकारी दिए । उक्त रोगका कारण फल पहेँलिने, दानामा खैरा थोप्ला देखिने, फल कालो हुँदै चाउरिने तथा अन्ततः फुट्ने समस्या देखापर्छ ।

‘बिरुवामा सुरुमा सङ्क्रमण भएपछि मात्रै फलमा रोग देखिन्छ । बिरुवाको डाँठमा पहिल्यै थोप्ला देखिन थाल्छ’, उने भने । उनले अनुसार सङ्क्रमित फल बजारमा बिक्रीयोग्य नहुने भएकाले किसानले आर्थिक क्षति बेहोर्नुपरेको छ ।

रोगको प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सके उत्पादन र बजारीकरणमा ठूलो असर नपर्ने उनको भनाइ छ । बिरुवामा रोगको लक्षण देखिनेबित्तिकै प्रतिलिटर पानीमा दुई ग्राम कपर अक्सिक्लोराइड मिसाएर छर्कन उपयुक्त हुने उनले बताए । बिरुवा रोप्दा चोटपटक नलागेका, स्वस्थ र रोगमुक्त बिरुवा मात्र छनोट गर्नुपर्नेमा पनि उनले जोड दिए ।

चितवनमा हाल २४ हेक्टर क्षेत्रफलमा ड्रागन फलखेती हुँदै आएको छ भने वार्षिक करिब २८८ मेट्रिकटन उत्पादन हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ९ : ०६ बजे

एमालेमा रोकिएन किचलो, कार्यदलमा विवादबीच बल्थली रिसोर्टबाट प्रतिवेदन एउटै बनाउने जिम्मा तीन नेतालाई

काठमाडौं- नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’