आसिफ शेख अब लुम्बिनी लायन्समा « Khabarhub

आसिफ शेख अब लुम्बिनी लायन्समा


२२ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

एनपीएल खेलाडी ड्राफ्टअन्तर्गत भएको लक्की ड्र प्रक्रियामार्फत उनी लुम्बिनी लायन्समा आबद्ध भएका हुन् । आसिफका लागि अधिकतम २० लाख रुपैयाँ बराबरको बोली लागेको थियो, जसले उनी प्रतियोगिताका सबैभन्दा मूल्यवान खेलाडीमध्ये एक रहेको पुष्टि गरेको छ ।

आसिफलाई आफ्नो टोलीमा भित्र्याउन चितवन राइनोज बाहेकका फ्रेन्चाइजले रुचि देखाएका थिए । अन्ततः भाग्यले साथ दिएपछि उनी लुम्बिनीको जर्सीमा देखिने निश्चित भएको हो ।

नेपाली क्रिकेटका अनुभवी ब्याटर आसिफले यसअघि एनपीएलका पहिलो दुई संस्करण जनकपुर बोल्ट्सका मार्की खेलाडीका रूपमा खेलेका थिए । जनकपुरबाट उत्कृष्ट प्रदर्शन गरेका उनले अब भने नयाँ टोलीबाट आफ्नो प्रभाव कायम राख्ने चुनौती सामना गर्नेछन् ।

लुम्बिनी लायन्सले आसिफको आगमनसँगै आफ्नो ब्याटिङ लाइनअप थप बलियो बनाएको विश्वास गरिएको छ । राष्ट्रिय टोलीका नियमित सदस्य रहेका उनी शीर्षक्रममा स्थिर प्रदर्शन गर्ने खेलाडीका रूपमा परिचित छन्।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ९ : २२ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम