कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाउ, याङ्गो लगायत राइड सेयरिङ सँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन् ।

कमिसन बढी र भाडा दर कम भएको गुनासो गर्दै चालकहरूले इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन् ।

प्रदर्शनका क्रममा चालकहरूले ‘भाडा कम, कमिसन बढी अब सहँदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’ र ‘राइडरको शोषण बन्द गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

फाउण्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केका अनुसार सरकारले नयाँ आर्थिक वर्षदेखि लागू गरेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को भारसमेत चालकहरूले व्यहोर्नुपरेको छ । पुरानै भाडा दरअनुसार कमिसन तिर्नुपर्दा चालकहरू थप मारमा परेको उनको भनाइ छ ।

चालकहरू विगत तीन दिनदेखि आन्दोलनमा छन् । दुई दिन ललितपुरमा प्रदर्शन गरेका उनीहरूले आज काठमाडौंको माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन् ।

चालकहरूले राइड सेयरिङ सेवामा वैज्ञानिक तथा उचित भाडा दर निर्धारण गर्न, कम्पनीले लिने कमिसन घटाउन र चालकको श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १ : ५५ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ