सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आज पनि खोजी जारी « Khabarhub

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आज पनि खोजी जारी


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बुधबार साँझदेखि बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ का पराजुली दम्पतीको खोजी कार्य निरन्तर छ ।  

बेपत्ता पराजुली दम्पती खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायत सुरक्षानिकायका प्रमुख आफै फिलमा खटिएका छन् । 

बुधबार साँझ करिब साढे ६ बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफाली बेपत्ता भएका थिए ।

सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयवासीहरूले खोजी गरे पनि नभेटिएपछि थप सुरक्षा टोलीसहित सुनकोशीमा उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरीले र्‍यापबोट र ड्रोन क्यामेराबाट खोजी जारी राखेको छ । साथै, घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ४ : १८ बजे

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि