फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ « Khabarhub

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पूर्ण समर्थन जनाएको छ।

एएफएले शुक्रबार राति सार्वजनिक गरेको आधिकारिक विज्ञप्तिमा इन्फान्टिनोले पछिल्लो १० वर्षमा फिफाको नेतृत्व गर्दै गरेको कामको उच्च प्रशंसा गर्दै उनको नेतृत्वप्रति पूर्ण समर्थन र सम्मान व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘फिफा अध्यक्षका रूपमा जियानी इन्फान्टिनोले पछिल्लो १० वर्षमा गरेका कामप्रति हाम्रो पूर्ण समर्थन र सम्मान छ।’

उक्त विज्ञप्तिमा अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो ‘चिकी’ तापियाको हस्ताक्षर रहेको छ।

एएफएको यो सार्वजनिक समर्थनलाई इन्फान्टिनोको नेतृत्वप्रति विश्व फुटबलका प्रभावशाली सदस्य राष्ट्रमध्ये एक अर्जेन्टिनाले देखाएको स्पष्ट विश्वासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ५ : १८ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी