फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ « Khabarhub

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पूर्ण समर्थन जनाएको छ।

एएफएले शुक्रबार राति सार्वजनिक गरेको आधिकारिक विज्ञप्तिमा इन्फान्टिनोले पछिल्लो १० वर्षमा फिफाको नेतृत्व गर्दै गरेको कामको उच्च प्रशंसा गर्दै उनको नेतृत्वप्रति पूर्ण समर्थन र सम्मान व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘फिफा अध्यक्षका रूपमा जियानी इन्फान्टिनोले पछिल्लो १० वर्षमा गरेका कामप्रति हाम्रो पूर्ण समर्थन र सम्मान छ।’

उक्त विज्ञप्तिमा अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो ‘चिकी’ तापियाको हस्ताक्षर रहेको छ।

एएफएको यो सार्वजनिक समर्थनलाई इन्फान्टिनोको नेतृत्वप्रति विश्व फुटबलका प्रभावशाली सदस्य राष्ट्रमध्ये एक अर्जेन्टिनाले देखाएको स्पष्ट विश्वासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ५ : १८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु