युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने « Khabarhub

युवा लक्षित ग्लोबल आइएमईको ‘नेक्स्ट जेन’ खाता, घरमै बसेर खोल्न सकिने


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्लोबल आइएमई बैंकले युवालाई लक्षित गर्दै घरमै बसेर सहज रूपमा खोल्न सकिने ‘ग्लोबल नेक्स्ट जेन’ खाता सञ्चालनमा ल्याएको छ ।

यस खाताका लागि अब बैंकसम्म धाउनुपर्ने बाध्यता छैन । राष्ट्रिय परिचयपत्र वा राहदानी भएका ग्राहकले घरमै बसेर अनलाइनमार्फत खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

खाता खोल्नका लागि आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिएपछि तत्कालै खाता सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ। यससँगै ग्राहकले आफैंले खाता खोलेर घरबाटै मोबाइल बैंकिङ सेवा समेत प्रयोग गर्न सक्नेछन् ।

‘ग्लोबल नेक्स्ट जेन’ खाताको अर्को आकर्षण पहिलो वर्षको मोबाइल बैंकिङ सेवा निःशुल्क हुनु हो। साथै, यस खातामा न्यूनतम मौज्दात शून्य कायम गरिएको छ। अर्थात् खातामा निश्चित रकम राखिराख्नुपर्ने बाध्यता ग्राहकलाई हुँदैन ।

बैंकले युवालाई सहज, सरल र डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने उद्देश्यले यो खाता ल्याएको जनाएको छ। खातामा आकर्षक ब्याजदरको सुविधा समेत उपलब्ध रहेको बताइएको छ ।

परम्परागत रूपमा बैंकमा पुगेर लामो प्रक्रिया पूरा गरी खाता खोल्नुपर्ने अवस्थालाई सहज बनाउँदै डिजिटल माध्यमबाटै बैंकिङ सेवा लिन सकिने भएकाले ‘ग्लोबल नेक्स्ट जेन’ खाता युवा पुस्ताका लागि उपयोगी हुने बैंकको विश्वास छ ।

राष्ट्रिय परिचयपत्र वा राहदानी साथमा छ भने घरमै बसेर खाता खोल्न सकिने, न्यूनतम मौज्दात आवश्यक नपर्ने, पहिलो वर्ष मोबाइल बैंकिङ निःशुल्क हुने तथा तत्काल खाता सञ्चालन गर्न सकिने सुविधाले यो खातालाई डिजिटल पुस्तामैत्री बनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ८ : १७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह