वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने « Khabarhub

वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने


२२ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने भएको छ ।

सहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियानअन्तर्गत नगरभरि अव्यवस्थित रूपमा झुन्डिएका इन्टरनेटका तार व्यवस्थापन गर्ने उद्देश्यले महानगरपािलले आज महानगरपालिका र सेवा प्रदायक कम्पनिहरु वल्र्ड लिङ्क, नेपाल टेलिकम, भाइनेट कम्युनिकेशन र डिशहोम फाइबर नेटलगायत कम्पनीका प्रतिनधिसँग वैठक बसेको छ ।

बैठकमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमले इन्टरनेटका अव्यवस्थित तारका कारण पनि आगलागी र दुर्घटनाको जोखिमसमेत बढेको उल्लेख गर्दै नागरिकको सुरक्षाको निम्ति जतिसक्दो चाँडो व्यवस्थापन कार्य सुरु गर्ने बताए ।

उनले भने, “शहरका पोलमा जथाभावी तार झुण्डाएको छ, अव्यवस्थित तारका कारण एकातिर सहरको सौन्दर्यमा नकारात्मक असर परेको छ भने अर्कोतर्फ आगलागी र दुर्घटनाको जोखिम पनि उत्तिकै छ, नागरिकको सुरक्षाका निम्ति जतिसक्दो चाँडो अव्यवस्थित तार हटाउनुपर्छ ।”

अव्यवस्थित तार व्यवस्थापनलाई अभियानकै रूपमा अघि बढाइएको र इन्टरनेट सेवा प्रदायकहरूसँग सहकार्य गरेर त्यसको दीर्घकालीन समाधान खोजिने कार्यवाहक प्रमुख आलमले बताए ।

बैठकले थप निष्कर्ष र कार्ययोजना तय गर्दै दीर्घकालिन समाधान गर्न आगामी सोमबार बृहत् छलफल गर्ने निर्णय गरेको छ । सो बैठकपछि सेवा प्रदायक संस्थाहरूसँग समन्वय गरी प्रयोगविहीन तथा अव्यवस्थित तार हटाउने र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिइने महानगरपालिकाका प्रमुख प्रशासनिय अधिकृत बसन्तबहादुर बोहराले जानकारी दिए। महानगरले पटक पटक तार व्यवस्थापनका लागि सम्वन्धित निकायलाई अनुरोध गर्दापनि कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो पटक २०८० वैशाख १४ गतेको बैठकले वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू काटेर हटाउने निर्णय गरे पनि त्यसले पूर्णता पाउन सकेको थिएन ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  ८ : २३ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा