अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते « Khabarhub

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर गाडीहरूसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भएको उक्त दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

मियामी-डेड फायर रेस्क्युका प्रमुख रायद ‘रे’ जादाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई त्यहाँको ट्रमा सेन्टरमा भर्ना गरिएको बिबिसीले खबर लेखेकाे छ । अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विमानले धावनमार्ग छाडेर नजिकैका गाडीलाई टक्कर दिएपछि भीषण आगलागी भएको थियो ।

दुर्घटना लगत्तै ६० भन्दा बढी उद्धार टोली घटनास्थल पुगेका थिए । गाडीभित्र चेपिएका यात्रुलाई उद्धार टोलीले बाहिर निकालेको थियो भने विमानका पाइलटलाई उद्धार गरी उपचारका लागि पठाइएको छ ।

‘फ्लाइटराडार २४’ को तथ्यांक अनुसार बोइङ ७६७ मोडलको उक्त विमान धावनमार्गबाट बाहिरिँदा प्रतिघण्टा करिब १३० माइलको गतिमा थियो । विमान के कति कारणले रोकिन नसकेको हो भन्नेबारे अनुसन्धान भइरहेको मियामी प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ८ : २९ बजे

    कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

    कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

    सोह्र लाखबराबरको अवैध पटाका बरामद

    कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

    एमाले स्थायी कमिटी बैठक आह्वान

    काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

    कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा