राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने « Khabarhub

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।

गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका झन्डै २ हजारले ज्यान गुमाएका छन् । उता खर्बौँको भौतिक धनमाल ध्वस्त भएको छ।

यो अवस्थामा सोमबार नै नुवाकोट पुगेर बाढी पीडितलाई भेटेर फर्किएका उनले दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले अहिलेको बाढीपछिको विपत्तिबारेमा नागरिकलाई आश्वस्त पार्न सम्बोधन गर्न लागेका हुन्। त्यस्तै गत वर्ष भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछिको अवस्था र उपलब्धिबारेमा पनि उनले बोल्ने भएका छन्।

पौडेलले सोमबार जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःस्थापना भइरहेका कार्यको जानकारी लिएका थिए।
 
राष्ट्रपति पौडेलले नुवाकोटको विदुर नगरपालिका–२ स्थित कभर्ड हलस्थित होल्डिङ सेन्टरको अवलोकन गरी त्यहाँ रहेका रसुवा र नुवाकोटका बाढी प्रभावितसँग अन्तरक्रिया गरेका थिए।
 
अन्तरक्रियामा बाढी प्रभावित नागरिकले भोटेकोशी अकल्पनीय बाढीले पुर्‍याएको धनजनको क्षतिबारे जानकारी गराएका थिए ।

उनीहरूले खोज, उद्धार र राहत एवम् पुनःस्थापनाका लागि सरकार र सहयोगदातासँग अझ तदारुकताको माग गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  २ : ३० बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा