धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ « Khabarhub

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा प्रहरीले १९७ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगर, धनुषाबाट खटिएको संयुक्त टोलीले आज बिहान धनुषाको मिथिला नगरपालिका-२ नक्टाझिजस्थित जनकपुर-ढल्केवर सडकखण्डबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो ।

सबैला नगरपालिका-१० खरियानी टोलका ३४ वर्षीय राकेश चमार र भारतको मधुवनी जिल्ला कमलाबारीपुरी-१३ निवासी २७ वर्षीय सञ्जितकुमार रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। 

उनका अनुसार जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ज ९ प ५६९७ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा मोटरसाइकल पछाडि सवार रामको साथमा रहेको कालो प्लास्टिकको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको हो ।

बरामद पदार्थको तौल गर्दा १९७ ग्राम ४४० मिलिग्राम रहेको प्रहरी नायब उपरीक्षक खनालले बताए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले उल्लेख गरे। 

प्रहरीका अनुसार पक्राउ परेका भारतको मधुवनीबाट लागूऔषध खैरो हेरोइन खरिद गरी मधेस प्रदेशका विभिन्न जिल्लामा बिक्रीवितरण गर्ने कार्यमा संलग्न रहेको आशंका गरिएको छ । 
 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ३ : ११ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा