सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा « Khabarhub

सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका सम्बन्धमा संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । 

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री थापाले संघीय सरकारले राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने तथा स्थानीय सरकारले वितरण गर्ने गरी जिम्मेवारी तय भन्दै सोही अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका हुन् ।

उनले राहत वितरणलाई व्यवस्थित बनाउन स्थानीय तहमा राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारी सम्मिलित संयन्त्रमार्फत एकद्वार प्रणालीबाट राहत वितरण सुरु गरिएको जानकारी दिए । 

भाद्र १२ गते नै प्रदेश सरकारको पहलमा बाटो मर्मत गरी रसुवासम्म खाद्यान्न तथा राहत सामग्री पुर्‍याइएको उनले बताए ।

उनले आवागमन सहज बनाउन आवश्यकता अनुसार तुइन, झोलुङ्गे पुल र रसुवा जोड्ने अस्थायी संरचनाको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको जानकारी दिए । 

त्यस्तै रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र चितवनलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए । 

मुख्यमन्त्री थापाले अभिभावक गुमाएका तथा घरबारविहीन बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गरी इसिडी देखि कक्षा १२ सम्मको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय भएको बताए ।

उनले त्रिशूली नदीमा रहेका १४० मिटरभन्दा लामा पुलहरू, साना पुलहरू तथा झोलुङ्गे पुलहरू ध्वस्त भएकाले तिनको पुनर्निर्माण आवश्यक रहेकाले स्थानीय तहले जग्गा उपलब्ध गराएपछि आवश्यक पर्ने बाटो, खानेपानी, विद्यालय र अस्पताल जस्ता पूर्वाधार निर्माणमा संघीय र प्रदेश सरकारले हातेमालो गरेर काम अघि बढाउने धारणा राखे । 

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ३ : ४५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा