विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ « Khabarhub

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको समयमा सबै एकताबद्ध भएर उभिनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिले आज साँझ बौद्धनाथ स्तूपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्ने बताएका हुन् ।

उनले देश अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले यस कठिन परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावितको पुनस्र्थापनामा सरकार गम्भीरतापूर्वक लागि परेको प्रस्ट पारे । कार्यक्रममा मन्त्री श्रेष्ठले बाढीमा परी जीवन गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निधन भएका नागरिकको सम्मानस्वरुप आज राष्ट्रिय शोक मनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ९ : ४१ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट