ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो « Khabarhub

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा गरिएका सेवा पुनः थप केही समयका लागि स्थगित भएका छन् । ज्वालामुखी विस्फोटपछि विमानस्थलले सेवा सञ्चालन रोकेको थियो र यसले लाखौँ यात्रुहरू अलपत्र परेका छन् ।

इन्डोनेसियाको राजधानी जकार्ताबाट करिब १५० किलोमिटर (९३ माइल) टाढा रहेको माउन्ट अनाक क्राकाटाउमा शनिबार ज्वालामुखी विस्फोट हुँदा यसले लाभाको फोहोरा र ज्वालामुखीबाट निस्केको खरानीको आखाशमा व्यापक फैलिएको थियो ।

हवाइ क्षेत्रमा खरानी देखिएपछि आठ विमानस्थलले गत हप्ताको अन्त्यतिर उडान सेवा सञ्चालन रोकेका थिए । यसले करिब तीन हजार उडान प्रभावित भएका छनु भने तीन लाख ४० हजारभन्दा बढी यात्रुहरू अलपत्र परेको यातायात मन्त्रालयले सोमबार जनाएको छ।

“यी आँकडाहरू सन् २०२६ सेप्टेम्बर ५ देखिको सञ्चयी सञ्चालन प्रभाव हुन् र रद्द, ढिलो वा मार्ग परिवर्तन भएका उडानहरू यसमा समेटिएका छन्,” मन्त्रालयले वक्तव्यमा भनेको छ।

आफ्नी प्रेमिकासाथ छुट्टीमा रहेका इटालीका पर्यटक मिचेल मिएग्गे मङ्गलबार काममा फर्कन उडान गर्ने योजना थियो तर उनीहरूको उडान रद्द हुँदा निर्विकल्प विमानस्थलका सूचना हेरेर बस्नुपरेको छ ।

“हामीलाई एयरलाइनबाट कुनै खबर छैन। हामी अर्को दिन जकार्तामै बस्ने हो कि अर्को उडान खोज्ने हो थाहा छैन,” एक ३२ वर्षीय सफ्टवेयर इन्जिनियरले विमानस्थलमा पुगेका एएफपीका संवाददातासँग भने ।

उनले भने, “अहिले सम्भव छैन जस्तो लाग्छ। हामीले नजिकै होटल लिएका छौँ । यो मौकाले भेट्यौं तर धेरै होटल पाहुनाले खचाखच छन्।” अर्की पर्यटक फ्रान्सेली चित्रकार क्यारोल ओडिलले फ्लोरेसमा कोमोडो ड्रागन हेर्न साथीहरूको समूहसँग आउनुभएको थियो । उनीहरूलाई उडान रद्द भएको सूचना दिइयो।

“हामी निराश छौं तर हाम्रो समूह आशावादी छ। हामी चाँडै फ्लोरेस टापु जान सकौँला भन्ने आशा गर्छौं,” ६० वर्षीया ओडिलले एएफपीसँग बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  १० : ०१ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक