अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप « Khabarhub

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग डोभाल फेरि विवादको केन्द्रमा परेका छन् ।

यसपटक उनी आफ्नै श्रीमतीका भाइ राज सिंह चौहानमाथि कुटपिट र ज्यान मार्ने प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले अनुरागसँगै उनका तीन जना साथीलाई पनि नियन्त्रणमा लिएको बताइएको छ ।

घटना अनुराग र उनकी पत्नी रितिका डोभालबीच लामो समयदेखि चलिरहेको पारिवारिक विवादसँग जोडिएको बताइएको छ । श्रीमान्–श्रीमतीबीचको विवाद सामाजिक सञ्जालसम्म पुगेको थियो, जहाँ दुवैले एकअर्कामाथि विभिन्न आरोप लगाउँदै आएका थिए । 

यही विवादबारे छलफल गर्न अनुरागले रितिकाका भाइ राजलाई भेट्न बोलाएको बताइएको छ ।

राज नेक्सा कार शोरुममा काम गर्छन् । उनको उजुरीअनुसार अक्टोबर ५ को साँझ करिब ६ बजे अनुराग केही युवासहित उनलाई भेट्न पुगेका थिए । राज काममा व्यस्त रहेकाले पछि भेट्ने बताएका थिए । त्यसपछि राति करिब ८ बजे राज येलो हिल्स क्याफे पुगे, जहाँ अनुराग आफ्ना केही साथीसहित कारमा बसेका थिए ।

राजको दाबीअनुसार कुराकानीका क्रममा विवाद बढेपछि अनुरागले उनलाई धम्की दिएका थिए । उनले आफूले दुई जनाको हत्या गरिसकेको र आफूलाई कसैले केही गर्न नसक्ने दाबी गरेको राजले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेका छन् ।

त्यसपछि घटनाले झन् उग्र रूप लिएको आरोप छ । राजका अनुसार अनुरागले पछाडिबाट उनको घाँटी समातेर मोबाइल खोस्ने प्रयास गरेका थिए । मोबाइल खोस्न नसकेपछि उनले आफ्ना साथीहरूलाई राजमाथि आक्रमण गर्न निर्देशन दिएको आरोप छ ।

राजले आरोपीहरूले आफूलाई कारले किच्ने प्रयास गरेको र त्यसपछि फलामको रड वा त्यस्तै वस्तुले टाउको, छाती तथा अनुहारमा प्रहार गरेको आरोप लगाएका छन्। त्यतिमात्र होइन, एक व्यक्तिले चक्कु र बन्दुक देखाएर ज्यान मार्ने धम्की दिएको उनको दाबी छ। आफ्नो घडी र सुनको चेनसमेत जबर्जस्ती खोसिएको आरोप राजले लगाएका छन्।

घटनापछि प्रहरी घटनास्थलमा पुगेको बताइएको छ। राजको आरोपअनुसार आरोपीहरूले उनको मोबाइल अनलक गर्न नसकेपछि अनुरागले एसएसपीलाई फोन गरेका थिए। उनले बाइपास प्रहरी चौकीका इन्चार्जले समेत आरोपीहरूको पक्षमा साथ दिएको आरोप लगाएका छन्।

यद्यपि, यी सबै आरोप राज सिंह चौहानले प्रहरीमा दिएको उजुरीमा आधारित छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ र आरोप पुष्टि हुन बाँकी छ।

अनुराग र रितिकाबीचको पारिवारिक विवाद यसअघि पनि सामाजिक सञ्जालमा चर्चामा आएको थियो। अहिले भने त्यही विवाद प्रहरीसम्म पुगेपछि अनुरागमाथि गम्भीर आपराधिक आरोप लागेको हो। ‘बिग बोस’बाट लोकप्रियता कमाएका अनुरागका लागि पछिल्लो घटनाले उनको व्यक्तिगत जीवनसँगै सार्वजनिक छविमाथि पनि नयाँ प्रश्न खडा गरेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : १४ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण