इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा « Khabarhub

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको तयारी गरिरहेको इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका विरोधीहरूले उक्त घटनालाई चुनावी अभियानको मुख्य मुद्दा बनाएका छन् । सुरक्षा विफलता, युद्ध र सरकारको जिम्मेवारीका विषयले चुनावी बहसलाई प्रभावित गरेको छ ।

इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए। 

विपक्षीहरूले आक्रमणको सुरक्षा विफलताको जिम्मेवारी नेतान्याहुले लिनुपर्ने भन्दै घटनाबारे आधिकारिक अनुसन्धान आयोग गठन र सुधार तथा पुनर्निर्माणमा केन्द्रित सरकार बनाउने प्रतिबद्धता जनाएका छन् । नेतान्याहुका समर्थकहरूले भने सैन्य नेतृत्वको कमजोरीका बाबजुद उनले देशलाई कठिन परिस्थितिबाट अघि बढाएको दाबी गरेका छन् ।

अक्टोबर २७ मा हुने चुनावमा नेतान्याहुको भविष्यसमेत जोडिएको छ । सन् २०२३ को आक्रमणमा करिब एक हजार दुई सय मानिस मारिएका र २५१ जना बन्धक बनाइएका थिए ।

त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्दा स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार ७४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । युद्ध लेबनान, सिरिया, यमन र इरानसम्म फैलिएको छ ।

नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ को प्रतिबद्धता जनाउँदै आएका छन् । प्रमुख सुरक्षा अधिकारीहरूले राजीनामा दिएपछि उनी अक्टोबर ७ पछि पदमा रहेका एकमात्र वरिष्ठ अधिकारी हुन्। प्रमुख प्रतिद्वन्द्वी पूर्व सैन्य प्रमुख गदी आइसेनकोटले आक्रमणमा छोरा र भतिजा गुमाएका छन् ।

चुनावी बहसमा गाजाको मानवीय संकट र प्यालेस्टिनी राज्य स्थापनाबारे भने कमै चर्चा भएको छ । इजरायल डेमोक्रेसी इन्स्टिच्युटका अनुसार ६० प्रतिशतभन्दा बढी इजरायलीले अक्टोबर ७ को घटनाप्रतिको धारणा मतदानको निर्णयमा प्रमुख कारक रहेको बताएका छन् ।

यहुदी मतदातामध्ये यस्तो धारणा राख्नेको सङ्ख्या ६८ प्रतिशत छ । हर्मनका अनुसार घटनालाई महत्त्वपूर्ण ठान्ने मतदाताबीच पनि त्यसबाट निकालिएको राजनीतिक निष्कर्ष भने फरक–फरक छ  ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १२ : ५२ बजे

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौँ– नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको