स्कुल बसको ठक्करबाट बालकको मृत्यु « Khabarhub

स्कुल बसको ठक्करबाट बालकको मृत्यु


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बुधबार बिहान करिब १० बजे तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालक घाइते भएका थिए ।

घाइते भएका बालक सल्यानको शारदा नगरपालिका –०२ खलङ्गा घर भई हाल रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अंन्दाजी २ वर्षीय आयन नेपाली रहेका छन् ।

दुर्घटनामा घाइते भएका आयनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १ : ४५ बजे

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको

अब कांग्रेसले के गर्नुपर्छ ?

नेपाली कांग्रेस कुनै व्यक्ति, गुट वा अमुक पुस्ताको मात्र पार्टी

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस