कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो « Khabarhub

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको छ। यसअघि दिउँसो १२ बजेसम्मका लागि तोकिएको दाबी विरोधको समय बढाएर दिउँसो २ बजेसम्म कायम गरिएको हो।

निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न समय अपुग भएपछि दाबी विरोधको अवधि थप गरिएको बताइएको छ। दाबी विरोधको समय अवधिमा उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिने तथा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।

त्यस्तै, आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारीसम्बन्धी थप निर्णय लिन सकिने जनाइएको छ।

महाधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रिया वर्षाका कारणसमेत प्रभावित भएको बताइएको छ। वर्षाका कारण निर्धारित समयअनुसार केही गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि निर्वाचनसम्बन्धी कार्यतालिका प्रभावित भएको हो।

दाबी विरोधको समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली तयार पार्ने र त्यसपछि निर्वाचनका बाँकी प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १ : ४२ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६