कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो « Khabarhub

कांग्रेस महाधिवेशन : दाबी विरोधको समय दिउँसो २ बजेसम्म थपियो


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारको दाबी विरोध गर्ने समय थप गरिएको छ। यसअघि दिउँसो १२ बजेसम्मका लागि तोकिएको दाबी विरोधको समय बढाएर दिउँसो २ बजेसम्म कायम गरिएको हो।

निर्धारित समयभित्र प्रक्रिया पूरा गर्न समय अपुग भएपछि दाबी विरोधको अवधि थप गरिएको बताइएको छ। दाबी विरोधको समय अवधिमा उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिने तथा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था रहेको छ।

त्यस्तै, आवश्यक प्रक्रिया पूरा गरी उम्मेदवारीसम्बन्धी थप निर्णय लिन सकिने जनाइएको छ।

महाधिवेशनअन्तर्गतका निर्वाचन प्रक्रिया वर्षाका कारणसमेत प्रभावित भएको बताइएको छ। वर्षाका कारण निर्धारित समयअनुसार केही गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि निर्वाचनसम्बन्धी कार्यतालिका प्रभावित भएको हो।

दाबी विरोधको समय सकिएपछि उम्मेदवारको अन्तिम नामावली तयार पार्ने र त्यसपछि निर्वाचनका बाँकी प्रक्रिया अघि बढाइनेछ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  १ : ४२ बजे

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको

अब कांग्रेसले के गर्नुपर्छ ?

नेपाली कांग्रेस कुनै व्यक्ति, गुट वा अमुक पुस्ताको मात्र पार्टी

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस