नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस « Khabarhub

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका प्रमुख दाबेदारका रूपमा नदेखिए पनि शुक्रबार हुने पुरस्कार घोषणामा उनको प्रभाव प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देखिन सक्ने विज्ञहरूले बताएका छन्।

ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सार्वजनिक रूपमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्। विगतमा पुरस्कार नपाएकोप्रति समेत उनले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । त्यसैले यस वर्षको निर्णयलाई ट्रम्पको विदेश नीति र शान्ति प्रयासप्रतिको समर्थन वा आलोचनाका रूपमा समेत व्याख्या गर्न सकिने विश्लेषकहरूको भनाइ छ।

ओस्लोस्थित शान्ति अनुसन्धान संस्था (पिआरआईओ) का प्रमुख हाकोन जेर्लोले नोबेल समितिले पुरस्कार प्रदान गर्दा त्यसको निर्णयले विश्व शान्तिमा सकारात्मक प्रभाव पार्छ कि नकारात्मक भन्ने विषयलाई समेत ध्यान दिनुपर्ने बताएका छन् ।

तर, नर्वेजियन नोबेल इन्स्टिच्युटका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले पुरस्कारका लागि हुने सार्वजनिक लबिङ सामान्य प्रक्रिया भएको र त्यसले नोबेल समितिको निर्णय प्रभावित नगर्ने स्पष्ट पारेका छन् ।

गत वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको थियो। मचाडोले आफ्नो नोबेल स्वर्ण पदक ट्रम्पलाई हस्तान्तरण गरेकाे भए पनि उनीबाट अपेक्षित राजनीतिक समर्थन प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ।

यस वर्ष बालअधिकार, मानवीय सहायता तथा द्वन्द्व प्रभावित क्षेत्रमा शान्ति स्थापनाका लागि काम गर्ने व्यक्ति वा संस्थाले पुरस्कार पाउन सक्ने चर्चा छ।

सम्भावित दाबेदारमा बालअधिकार र मानवीय सेवामा सक्रिय संस्था ‘सेभ द चिल्ड्रेन’, युक्रेनी बाल अधिकार कार्यकर्ता माइकोला कुलेबा तथा सुडानमा युद्ध र भोकमरीपीडितलाई सहयोग गर्दै आएको आपत्कालीन प्रतिक्रिया कक्ष (इआरआर) रहेका छन्।

त्यस्तै, संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बनिज, पोप लियो चौधौँ तथा अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालत पनि सम्भावित दाबेदारका रूपमा चर्चामा छन्।

यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि कुल २८७ व्यक्ति तथा संस्था मनोनयनमा परेका छन्। यद्यपि, नोबेल समितिले मनोनित व्यक्तिको विस्तृत सूची तत्काल सार्वजनिक गर्दैन। 

विश्वमा जारी द्वन्द्वका कारण यस वर्षको नोबेल शान्ति पुरस्कारको सन्दर्भ थप महत्वपूर्ण बनेको छ। सन् २०२५ मा कम्तीमा एउटा राज्य पक्ष संलग्न भएका ६५ वटा सशस्त्र द्वन्द्व दर्ता भएको तथ्यले विश्वमा शान्तिको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ।

हार्पभिकेनका अनुसार विश्व अहिले सही दिशामा अघि बढिरहेको अवस्था देखिँदैन। यद्यपि, शान्ति स्थापना, मानवअधिकार र मानवीय सेवाका लागि काम गर्ने व्यक्ति तथा संस्थाको कमी नरहेको उनको भनाइ छ।

यसैबीच, शुक्रबार ओस्लोमा नोबेल शान्ति पुरस्कार घोषणा हुँदैछ। पुरस्कार कसले पाउने भन्ने विषयमा अन्तिम निर्णय नोबेल समितिले गर्नेछ र त्यसलाई विश्व राजनीतिक तथा कूटनीतिक वृत्तले विशेष चासोका साथ हेरिरहेको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  २ : ३० बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका