कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ « Khabarhub

कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक गणेश पाण्डे पक्राउ परेका हुन्।

आफ्नो छोरालाई कोरिया पठाइदिने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष सामाजिक सञ्जाल टिकटकमार्फत कारबाहीको माग गरेकी थिइन्। उक्त भिडियोका सम्बन्धमा अनुसन्धान गर्ने क्रममा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्दै आएका २८ वर्षीय पाण्डेलाई असोज २० गते रानीबारी चोकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  २ : ४९ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६