नेप्से परिसूचक ६ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक ६ अंकले घट्यो


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ६.३८ अंकले घटेर २ हजार ५७२.३४ विन्दुमा झरेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.६३ अंकले घटेर ४६१.२२ विन्दुमा पुगेको छ।

त्यस्तै, फ्लोट परिसूचक ०.२६ अंकले घटेर १७७.४५ विन्दुमा र सेन्सेटिभ फ्लोट परिसूचक ०.१९ अंकले घटेर १५५.६५ विन्दुमा कायम भएको छ।

आज विभिन्न कम्पनीका १ करोड ३ हजार ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँमा कारोबार भएका छन्।

कारोबारमा आएका १३ उपसमूहमध्ये एउटा उपसमूहको सूचक बढेको छ भने १२ उपसमूह घटेका छन्। आज १०० कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ। १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

नेप्सेका अनुसार आज घलेम्दी हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फन्ड र इङवा हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन्। यस्तै, ग्लोबल आईएमई समुन्नत योजना, एसबीएल डिबेञ्चर र मेगा म्युचुअल फन्डलगायतका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ३ : ४७ बजे

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग

मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान

इस्लामाबाद– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई