टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड « Khabarhub

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा छलफल गरेकी छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य सचिव डा. विकास देवकोटासहित विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए।

छलफलमा टेलिमेडिसिन सेवा दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति र संस्थागत व्यवस्थापनबारे छलफल भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ। सेवाका लागि आवश्यक जनशक्ति छुट्टै व्यवस्थापन गरी सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।

त्यस्तै, टेलिमेडिसिनमार्फत प्रदान गरिने सेवाको रेकर्ड तथा अभिलेख व्यवस्थित गर्ने, बिरामीका विवरण सुरक्षित राख्ने र चिकित्सकीय परामर्शसम्बन्धी जानकारीको व्यवस्थित अभिलेखीकरण गर्ने विषयमा पनि छलफल भएको थियो।

बैठकमा टेलिमेडिसिन सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने सम्भावित समस्या तथा चुनौती पहिचान गरी समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा जोड दिइएको थियो। विशेषगरी सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरणलाई विश्वसनीय र व्यवस्थित बनाउने तथा टेलिमेडिसिन सेवाप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकताका साथ छलफल गरिएको थियो।

मन्त्री मेहताले टेलिमेडिसिनलाई प्रविधिमा आधारित सेवा मात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन्। उनले सेवाको विश्वसनीयता र गुणस्तर कायम गर्न आवश्यक व्यवस्था मिलाउन जोड दिइन्।

बैठकमा टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत, प्राविधिक तथा व्यवस्थापकीय पक्षमा सुधार गर्दै आगामी कार्ययोजना अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ३ : ५५ बजे

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत

अनुराग डोभाल पक्राउ, श्रीमतीका भाइलाई कुटपिट र ज्यान मार्ने प्रयासको आरोप

काठमाडौं– भारतीय रियालिटी शो ‘बिग बोस’बाट चर्चामा आएका युट्युबर अनुराग