महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल « Khabarhub

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

'कांग्रेसलाई बलियो बनाउनु नै मेरो मुख्य उद्देश्य हो'



नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया दाबेदार हुन्। उनी गत पुस अन्तिम साता कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए। सुरुवातदेखि नै गगन थापा र विश्वप्रकाश शर्माका विशेष सहयोगी रहेका उनी यसपटकको महाधिवेशनबाट पनि महामन्त्रीमा चुनिने उत्तिकै सम्भावना छ।

दुईजना खुला महामन्त्रीका लागि धेरैजना मैदानमा उत्रिरहँदा प्रदीपलाई बलिया दाबेदारका रूपमा हेरिए पनि दुई खुला महामन्त्रीका लागि अहिले चर्चित र क्षमतावान् नेताहरू मैदानमा भएकाले प्रदीपलाई यो निर्वाचन सहज भने छैन। गुरु घिमिरे, डा. सुनील शर्मा, नैनसिंह महर, शङ्कर तिवारी, अमरसिंह पुन लगायतका नेता मैदानमा छन्। कांग्रेसका थुप्रै प्रतिनिधिलाई बुझ्दा प्रदीप पौडेल महामन्त्रीमा निर्वाचनबाट चुनिने बलियो सम्भावना रहेको बताउँछन्। महामन्त्री उम्मेद्वार पाैडेलसँगको कुराकानी:

तपाईँले महामन्त्रीमा जित्ने आधार के छ ?

होइन, साथीहरूले अथाह माया गर्नुभएको छ। देशभरिका महाधिवेशन प्रतिनिधिले नै तपाईँ चाहिँ आउनैपर्छ भन्ने उद्देश्य राखेका कारण म मैदानमा उत्रिएको हुँ। मलाई त जितिन्छ जस्तो लाग्छ। साथीहरू पनि त्यस्तै हौसला दिनुहुन्छ, उहाँहरूको हौसलाका कारण नै म आभारी छु।

किन प्रदीप पौडेललाई जिताउने?

तपाईँलाई नढाँटी भन्दा अहिले कांग्रेसको जरा तहमा एकदमै धेरै संगठन बिग्रिएको छ। स्थानीय तहको निर्वाचन आउँदैछ, हामीले जरैदेखि कांग्रेसलाई बलियो बनाएर लानुपर्ने छ।

अर्कातिर थुप्रै साथीहरू पार्टीबाट अलग पनि हुनुहुन्छ, उहाँहरूलाई जोड्नका निमित्त र कांग्रेसलाई जरैदेखि बलियो बनाउँदै युवाहरूको आवश्यकता, इच्छा र चाहनाबमोजिमको पार्टी बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो। सबै काङ्ग्रेसहरूलाई एक बनाउन र बदलिँदो परिस्थिति अनुसार पार्टीलाई परिमार्जित गर्दै तल्लो तहका जनता र काङ््रेसीहरूलाई जोड्ने अभियान हामीले सञ्चालन गर्छौँ।

“बदलिँदो राजनीतिक परिस्थितिका निमित्त कांग्रेसलाई परिष्कृत र परिमार्जित गर्दै जरैदेखि बलियो बनाउनुपर्ने आजको आवश्यकता हो।”

पार्टीभित्र रहनुभएका विभिन्न विचार समूहलाई एकीकृत गर्दै नयाँ आवश्यकता र चाहनाबमोजिमको पार्टी बनाउने र अग्रजहरूलाई सम्मान गर्दै अगाडि बढ्ने हाम्रो दृढ संकल्प छ।

अर्को कुरा, मेरो उम्मेदवारी किन पनि छ भने वर्तमान राजनीतिक परिस्थिति एकदमै बिग्रिएको छ। त्यो परिस्थितिलाई त्यही ढंगले हेर्नुपर्छ जस्तो लाग्छ। बदलिँदो राजनीतिक परिस्थितिका निमित्त हामीले कांग्रेसलाई परिष्कृत र परिमार्जित बनाउँदै लानुपर्नेछ।

प्रतिस्पर्धामा धेरै हुनुहुन्छ, कसरी हेर्नुभएको छ?

प्रतिस्पर्धा बिल्कुलै सामान्य विषय होइन। मेरो प्रतिस्पर्धामा आउनु भएका साथीहरू प्रतिस्पर्धामा हुनुहुन्छ, उहाँहरूको पार्टीमा आआफ्नै किसिमको योगदान, क्षमता र योग्यता छ। उहाँहरूसँग सिक्नुपर्ने धेरै कुरा छन्। म उहाँहरूलाई सम्मान व्यक्त गर्छु। हामी आज मात्रै चुनावी मैदानमा छौँ, तर हामी विचार र पार्टीगत रूपले एक हौँ। हामीले लोकतान्त्रिक अभ्यासलाई अपनाउँदै प्रतिस्पर्धा राखेका छौँ। यसमा हाम्रो कुनै तुस छैन। जो प्रतिस्पर्धामा हुनुहुन्छ, उहाँहरू पनि पार्टीलाई चाहिने व्यक्ति हुन्।

हामी प्रतिस्पर्धीमध्ये जो निर्वाचित भएर आउनुहुन्छ, उहाँले त महामन्त्रीको भूमिकालाई बलियो बनाएर जाने कुरा छँदैछ, तर पराजित भएका साथीहरूको पनि उत्तिकै धेरै योगदान पार्टीमा हुन्छ। त्यसकारण म सबै साथीहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु । स्वस्थ प्रतिस्पर्धा मार्फत निर्वाचनलाई अगाडि बढाउने कुरा त छँदैछ, यसमा साथीहरू पनि एकमत हुनुहुन्छ। महाधिवेशन प्रतिनिधिहरूलाई के भन्न चाहन्छु भने, उहाँहरूले आफ्नो विवेक प्रयोग गरेर नेतृत्व चुन्नुहोस्, कसैको दबाब, प्रभावमा होइन।

तपाईँ गगन थापा समूहको मान्छे, उहाँलाई चाहिने महामन्त्री भएका कारण पनि धेरै तपाईँलाई माया छ भन्छन् । यथार्थ के हो ?

यो कुरा बिल्कुल होइन। हामीले यसपटक कुनै पनि प्यानल नबनाउने, लिस्ट नबाँड्ने, चिर्कटो नबाँड्ने भनेका छौँ। जसले जिते पनि कांग्रेसले नै जित्ने हो। त्यसकारण यसमा कुनै समस्या हुँदैन। मैले पुनः भनेँ, लोकतान्त्रिक अभ्यासलाई अपनाएर निर्वाचन हुन्छ, यसमा कहींकतै केही गडबड हुँदैन र हुन दिँदैनौँ। नेतृत्वको साथ कसलाई छ भनेर कुराहरू अतिरञ्जित गर्ने काम मात्रै भएको हो। त्यस्तो केही पनि हुँदैन, निर्वाचनको प्रक्रियामा सहभागी भएर सबैले स्वस्थ प्रतिस्पर्धा गर्ने हो।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ४ : ३२ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण