गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ? « Khabarhub

गगनले मीन विश्वकर्मालाई सह-महामन्त्री बनाउँदैछन् ?


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी मीन विश्वकर्माले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन्। सभापति गगन थापासँगको परामर्शपछि उनले उम्मेदवारी नदिने निर्णय गरेको बताइएको छ।

विश्वकर्मा स्वयंले पनि सभापति थापासँगको छलफलपछि उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन्। उनलाई थापाले मनोनित कोटाबाट सहमहामन्त्री बनाउने तयारी गरेको चर्चा कांग्रेसभित्र चलिरहेको छ।

तर, यसबारे प्रश्न गर्दा विश्वकर्माले स्पष्ट जवाफ दिएनन्। उनले भने, ‘सभापतिज्यूसँग परामर्शमै मैले कतै पनि उम्मेदवारी नदिएको हो। अरू विषयमा छलफल हुन बाँकी छ। सभापति र मेरो बीचमा अहिले कांग्रेसको १५औँ महाधिवेशन सफल बनाउने र अरू कुराहरू पछि गर्दै जाने विषयमा कुराकानी भएको छ।’

मीन विश्वकर्मा केही साताअघि मात्रै गगन थापा नेतृत्वको समूहमा आएका हुन्। उनी यसअघि शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताका रूपमा चिनिन्थे।

महामन्त्रीमा आकांक्षी भए पनि उम्मेदवारी नदिएका विश्वकर्मा १५औँ महाधिवेशनमा भने सक्रिय रूपमा खटिएका छन्।

विश्वकर्माले उम्मेदवारी नदिएपछि उनलाई थापाले मनोनित कोटाबाट सहमहामन्त्री बनाउने तयारी गरेको चर्चा चलेको हो। सहमहामन्त्रीको जिम्मेवारी नदिए पनि केन्द्रीय सदस्य बनाउने सम्भावना रहेको कांग्रेस वृत्तमा चर्चा छ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ५ : १८ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले