कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना « Khabarhub

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली मौलिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती तथा २७औँ राष्ट्रिय आरोग्य दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू, आयुर्वेद एवं वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता तथा सम्पूर्ण सरोकारवालाहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

सभापति थापाले आयुर्वेदको मौलिक ज्ञान, स्वस्थ जीवनशैली र प्राकृतिक उपचार पद्धतिको संरक्षण, प्रवर्द्धन तथा वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माणमा हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ८ : १८ बजे

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस

चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ– तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

पर्सा– सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने