सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो  « Khabarhub

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो 


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाकै संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा शुक्रबार र शनिबार गरी चारै जना प्रस्तावित न्यायाधीशको सुनुवाइ गरिएको हो । सुनुवाइ सकिए पनि उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिले निर्णय गरिसकेको छैन ।

समिति अहिले सुनुवाइपछि आन्तरिक छलफलमा जुटेको छ । छलफलपछि प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनसम्बन्धी निर्णय लिइनेछ ।

न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् । बागचन्दबाहेक अन्य तीन जना उच्च अदालतका मुख्य न्यायाधीश हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  २ : ५९ बजे

न्यायालयमा भ्रष्टाचार र बिचौलियाको प्रभाव चिन्ताजनक : प्रस्तावित न्यायाधीश डाँगी

काठमाडौँ- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायालयमा भ्रष्टाचार

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो 

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार

ट्रम्पका आप्रवासन नीतिका योजनाकार स्टिफन मिलर नयाँ चिफ अफ स्टाफ नियुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कडा आप्रवासन नीतिका प्रमुख

सिड्नीमा नेपाली समुदायसँग तिहार मनाए प्रधानमन्त्री अल्बानिजले

सिड्नी- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार सिड्नीमा आयोजित नेपाल फेस्टिभल

त्रिविले तल्ला निकायलाई अधिकार प्रत्यायोजन प्रक्रिया अघि बढायो

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई