काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बेलुका ५ बजेदेखि लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछन् ।
जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी तीनमा जित र एकमा अंक बाडेसँगै ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै, दुईमा जित र एकमा हार बेहोरेर ४ अंक जोडेको काठमाडौँ चौथो स्थानमा छ ।
यसअघिका एनपीएल संस्करणमा लुम्बिनी र काठमाडौँबीच तीन खेल भएका छन् । तीमध्ये लुम्बिनीले एक खेल जित्दा काठमाडौँले दुई खेल जितेको छ ।














प्रतिक्रिया