पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग « Khabarhub

पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि पुग्ने तीर्थालुको सङ्ख्या बढ्दै गएको छ । दर्शनार्थीको चाप बढेसँगै पाथीभरा मन्दिरसम्मको यात्रा सहज बनाउन रोकिएको केबलकार निर्माणको काम शीघ्र अघि बढाउन तीर्थालुहरूले माग गरेका छन् ।

पाथीभरा देवीको दर्शनका लागि नेपालका विभिन्न जिल्लासहित छिमेकी भारतबाट समेत दैनिक हजारौँ तीर्थालु ताप्लेजुङ पुग्ने गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार दसैँयता दैनिक १० हजारभन्दा बढी दर्शनार्थीले मन्दिर पुगेर पूजाआजा गरिरहेका छन् । गत मङ्गलबार यस वर्षकै सबैभन्दा बढी करिब ११ हजार दर्शनार्थी पाथीभरा पुगेका थिए ।

लामो यात्रा गरेर पाथीभरा पुग्ने तीर्थालुले तल्लो फेदीबाट उकालो यात्रा सुरु गरी ठूलो फेदी हुँदै मन्दिरसम्म पुग्नुपर्ने बाध्यता छ । कठिन र लामो पदयात्राका कारण विशेषगरी ज्येष्ठ नागरिक, अशक्त व्यक्ति तथा बालबालिकालाई मन्दिरसम्म पुग्न समस्या हुने गरेको दर्शनार्थीहरू बताउँछन् ।

पदयात्राका क्रममा भेटिएका अधिकांश तीर्थालुले केबलकार निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै निर्माण कार्य छिटो सम्पन्न गर्न आग्रह गरेका छन् । केबलकार सञ्चालनमा आएमा ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई समेत सहज रूपमा देवीको दर्शन गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

केबलकार निर्माणले दर्शनार्थीको सङ्ख्या बढाउनुका साथै ताप्लेजुङको पर्यटन, व्यापार तथा समग्र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने तीर्थालुहरूको विश्वास छ ।

पाथीभरा देवी दर्शन प्रालिले निर्माण गरिरहेको केबलकार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ । तर, तत्कालीन स्थानीय प्रशासनको मौखिक आदेशपछि निर्माण कार्य रोकिएको छ । रोकिएको काम कहिलेबाट पुनः सुरु हुन्छ भन्नेबारे आयोजनाले स्पष्ट जानकारी दिएको छैन ।

तीर्थालु तथा स्थानीयवासीले पाथीभरा दर्शनलाई सहज बनाउनुका साथै कञ्चनजङ्घा हिमशृङ्खलाको मनोरम दृश्य र प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउने पर्यटकका लागि आवश्यक पूर्वाधार विकास गर्न सरकार, स्थानीय प्रशासन र केबलकार आयोजनाको ध्यानाकर्षण गराएका छन् ।

पाथीभरा पुग्ने यातायात तथा अन्य पूर्वाधारमा सुधार गर्दै आवश्यक सुविधा विस्तार गर्न सके यो क्षेत्र देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने स्थानीय व्यवसायीहरूको विश्वास छ ।

 त्यसले ताप्लेजुङसहित समग्र कोशी प्रदेशको पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ४ : ३६ बजे

एनपीएलमा पोखराले टस जित्यो, काठमाडौंले सुरुमा ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा काठमाडौं गोर्खाजविरुद्ध

पाथीभरा दर्शनार्थीको चाप बढ्दै, केबलकार निर्माण छिटो सक्न माग

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि पुग्ने

राज्यमा विवेकहीन र निरंकुश प्रवृत्ति हाबी भयो : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

काठमाडौँ– यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज

शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते

किएभ- युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको