एनपिएल : काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा « Khabarhub

एनपिएल : काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी दुई टोलीबीचको खेल सुरु भएको छ ।

जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चार खेलमध्ये तीनमा जित र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ । सात अङ्कसहित लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ ।

आजको खेल जित्दै आफ्नो अपराजित यात्रा कायम राख्ने उसको लक्ष्य छ । तालिकाको चौथो स्थानमा रहेको काठमाण्डु पनि राम्रो लयमा छ । तीन खेल खेलेको काठमाण्डुले दुईमा जित र एकमा हार बेहोरेको छ ।

पछिल्ला दुई खेलमा लगातार जित निकालेको काठमाण्डु आज पनि सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तेस्रो संस्करणमा आठ टोली सहभागी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ५ : ४२ बजे

काठमाडौंको उत्कृष्ट प्रदर्शन, वार्नरको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा

दीपावलीले सद्भाव र एकताको भावना बलियो बनाउँछ : मुख्यमन्त्री भट्ट

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दीपावली पर्वले नेपाली समाजमा

एनपिएल : काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत

गगन थापाको उपस्थितिमा लगनबाट सुरु भयो सुकुन्दा र्‍याली

काठमाडौँ- शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा नेपाली

एनपिएलको प्रभाव : पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू