काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको एक मात्र खेलमा अहिले लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि काठमाडौंले अहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा काठमाडौंले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । खेलमा काठमाडौंका ओपनर डेभिड वार्नरले अर्धशतक प्रहार गरेका छन् । खेलको ९ ओभर ५ बलमा चौका प्रहार गर्दै उनले अर्धशतक पूरा गरे ।
आजको खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा आफ्नो स्थान बलियो बनाउने लक्ष्यमा हुनेछन् ।
जारी प्रतियोगितामा चार खेल खेलेको लुम्बिनी तीनमा जित र एकमा अंक बाडेसँगै ७ अंकसहित शीर्षस्थानमा रहेको छ । यस्तै, दुईमा जित र एकमा हार बेहोरेर ४ अंक जोडेको काठमाडौँ चौथो स्थानमा छ ।
यसअघिका एनपीएल संस्करणमा लुम्बिनी र काठमाडौँबीच तीन खेल भएका छन् । तीमध्ये लुम्बिनीले एक खेल जित्दा काठमाडौँले दुई खेल जितेको छ ।














प्रतिक्रिया