आमाको अनुस्थितिमा बावु–छोरी कथामा दयाहाङ स्टारर ‘मिरमिरे’को ट्रेलर « Khabarhub

आमाको अनुस्थितिमा बावु–छोरी कथामा दयाहाङ स्टारर ‘मिरमिरे’को ट्रेलर


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई, प्रकाश सपुत र नायिका सिर्जना निङ्लेखु शीर्ष भूमिकामा रहेको फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले मंगलबार कमलपोखरीमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलर आमाको अनुपस्थितिमा छोरी र बुवाबीचको प्रेमलाई केन्द्रमा राखिएको छ । शिक्षिकाको भूमिकामा रहेकी सिर्जना, स्कुलकै कर्मचारी दयाहाङ र शिक्षकको भूमिकामा रहेका प्रकाशबीचको त्रिकोणात्मक प्रेम पनि ट्रेलरमा देखाइएको छ।

दयाहाङ र सिर्जनाको प्रेम छोरीले थाहा पाएपछि उत्पन्न परिस्थितिले अब के हुन्छ भन्ने कौतुहलता ट्रेलरले छोडेको छ ।

छोरीको भूमिका शाइसा गौचनले निर्वाह गरेकी छन् ।

माघ १ बाट प्रदर्शनमा आउने यस फिल्मको निर्देशक र लेखक यम शेर्पा हुन् । यार्शा फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ११ : ४८ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा