आज २०८२ साल पुस २३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २३ गते बुधबारको राशिफल


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार सन्  २०२६ जनवरी ७ तारिख । माघ कृष्ण पक्षको चतुर्थी तिथि । अरनिको स्मृति दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : खर्च बढ्नेछ । अनावश्यक क्षेत्रमा खर्च कटौती गर्नुपर्नेछ । साना कुराले मनमा खटपटी बढ्नेछ । विपक्षी साथीले सहयोग गर्ने भएकाले काम गर्ने वातावरण बन्नेछ । विदेशमा गरेको लगानीबाट लाभ हुनेछ ।

वृष : दिन सहज छ । नयाँ साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ । राज्यको सेवा गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानी भए पनि राम्रो आम्दानी हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : घरभित्र भन्दा बाहिरका व्यक्तिको सहयोग मिल्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ अवसर प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा देखिने विकल्पबाट मन खुशी हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।  

कर्कट : शिक्षाका क्षेत्रमा प्रगति हुनेछ । दाजुभाइले साथ दिनेछन् । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ ।

सिंह : आज नयाँ काम थालनी गर्नु उपयुक्त छ । केही गर्न खोजेको भए सुरु गर्दा फाइदा हुनेछ । आम्दानीका दृष्टिले दिन सहज छ । राज्यको सेवाबाट सन्तुष्टि मिल्नेछ । परिवारमा भने धोका हुनेछ ।

कन्या : स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ । तपाईंको सहयोगमा विपक्षी पनि जुटेकाले महत्त्वपूर्ण काम बन्नेछ । निर्णय गर्नुपर्ने समयमा दीर्घकालीन सोच राख्नु राम्रो हुन्छ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यका अंगमा काम गर्नुहुन्छ भने पदोन्नती हुनेछ । धार्मिक व्यक्तिसँगको सहकार्यबाट फाइदा हुनेछ ।

वृश्चिक : शिक्षा क्षेत्रको लगानीबाट नाफा हुनेछ । अन्य क्षेत्रमा भने लगानी नगर्नु उचित हुनेछ। बौद्धिक व्यक्तिले आक्रमण गर्ने भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने दिन छ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्ने जोखिम देखिन्छ ।

धनु : उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : आज ठुलो लगानी नगर्नु राम्रो हुनेछ । साथीभाइसँगको सहकार्यलाई अगाडि बढाएमा फाइदा हुनेछ । शिक्षामा ढिलासुस्ती हुने भएकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ । प्रेममा ठुलो विश्वास गर्दा घाटा हुने जोखिम रहेको छ ।

कुम्भ : मन शान्त बन्नेछ । आफ्नो कामबाट आफैलाई खुसी महशुस हुनेछ । धनलक्ष्मी योग परेकाले आम्दानी बढ्नेछ । स्वास्थ्य क्षेत्रमा भने सचेत बन्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।  

मीन : दिन रमाइलो बन्नेछ । शिक्षाको क्षेत्रमा मेहनत गर्नुपर्ने दिन छ । परिवारको तर्फबाट तपाईंको राम्रो रेखदेख हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : २१ बजे

रेबिज नियन्त्रण गर्न कुकुर–बिरालो बन्ध्याकरण अभियान

नारायणगढ– सामुदायिक कुकुर तथा बिरालोबाट रेबिज फैलन नदिन चितवनको कालिका

कुमारी बैंकले मनायो २५ औँ वार्षिकोत्सव

काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २५

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

एजेन्सी– पछिल्लो अमेरिकी गुप्तचर मूल्यांकनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट १६

नराकोट–हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला– यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन सडक