रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम « Khabarhub

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सहज र सरल बनाउन जिल्ला सुरक्षा समिति, स्थानीय मतदाता, बुद्धिजीवीसमेतको सुझावमा ती काम पूरा गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार २१ हजार १४१ महिलासहित ४१ हजार ४७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । यसका लागि मतदानका लागि छनोट गरिएका ३६ मतस्थल ५७ मतदान केन्द्र कायम रहनेछन्।

यहाँका पाँच गाउँपालिकामध्ये उत्तरगया गाउँपालिकामा ११, कालिकामा १२, नौकुण्डमा १५, गोसाइँकुण्डमा १० मतदान केन्द्र रहने छन् । यसअघिको निर्वाचनमा ४० हजार ५०० मतदाताका लागि ५२ केन्द्र कायम गरिएको थियोभने हालको निर्वाचनमा अद्यावधिक गरिएको मतदाता नामावलीमा नाम थपिएका कारण मतदान केन्द्र क्रमशः वृद्वि गर्दै लगिएको बताइएको छ ।

निर्धारित मतदान केन्द्रमध्ये १४ सामान्य, ३८ संवेदनशील र पाँचवटा अतिसंवेदनशीलमा वर्गीकरण गरिएको निर्वाचन अधिकारी रायले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १० : १२ बजे

प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद

काठमाडौं – नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पा

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने