रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम « Khabarhub

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सहज र सरल बनाउन जिल्ला सुरक्षा समिति, स्थानीय मतदाता, बुद्धिजीवीसमेतको सुझावमा ती काम पूरा गरेको हो ।

जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार २१ हजार १४१ महिलासहित ४१ हजार ४७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । यसका लागि मतदानका लागि छनोट गरिएका ३६ मतस्थल ५७ मतदान केन्द्र कायम रहनेछन्।

यहाँका पाँच गाउँपालिकामध्ये उत्तरगया गाउँपालिकामा ११, कालिकामा १२, नौकुण्डमा १५, गोसाइँकुण्डमा १० मतदान केन्द्र रहने छन् । यसअघिको निर्वाचनमा ४० हजार ५०० मतदाताका लागि ५२ केन्द्र कायम गरिएको थियोभने हालको निर्वाचनमा अद्यावधिक गरिएको मतदाता नामावलीमा नाम थपिएका कारण मतदान केन्द्र क्रमशः वृद्वि गर्दै लगिएको बताइएको छ ।

निर्धारित मतदान केन्द्रमध्ये १४ सामान्य, ३८ संवेदनशील र पाँचवटा अतिसंवेदनशीलमा वर्गीकरण गरिएको निर्वाचन अधिकारी रायले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १० : १२ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु