काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । मंगलबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बुधबार बिहान ९ बजे बस्ने भनिएकामा ढिलो गरेर नेताहरू पार्टी कार्यालयमा पुगेका छन् ।
मंगलबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको हो।
मंगलबारको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा राखेका थिए। आजको बैठकमा थप नेताले धारणा राख्नेछन् ।






























प्रतिक्रिया