भेनेजुएला विदेशी नियन्त्रणमा छैन : कार्यवाहक राष्ट्रपति रोड्रिगेज « Khabarhub

भेनेजुएला विदेशी नियन्त्रणमा छैन : कार्यवाहक राष्ट्रपति रोड्रिगेज


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेकी छन् । ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यो प्रतिक्रिया आएको हो ।

मंगलबार (स्थानीय समय)कृषि–खाद्य, माछा, सामुदायिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित एक सरकारी कार्यक्रममा उनले भनिन्, “हामी जनताको साथमा शासन गरिरहेका छौँ । भेनेजुएलाको सरकारले देश चलाउँछ, अरू कसैले होइन । भेनेजुएलालाई शासन गर्ने कुनै बाह्य एजेन्टहरू छैनन् ।” 

उनको भनाइ राज्य सञ्चालित टेलिभिजन भेनेजोलाना डे टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।

उनले पदच्युत राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गर्दै भइरहेको प्रदर्शनको पनि उल्लेख गरिन्। गत जनवरी ३ को बिहान काराकासमा भएको अमेरिकी सैन्य कारबाहीपछि मदुरो दम्पतीलाई संयुक्त राज्य अमेरिकाले हिरासतमा लिएको थियो । रोड्रिगेजका अनुसार त्यसपछि भेनेजुएलाली जनताले सडकमा उत्रिएर आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

यद्यपि, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेजको वैधानिकतामाथि विपक्षी पक्षले गम्भीर प्रश्न उठाइरहेका छन् । विपक्षी नेता तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना मचाडोले उनीमाथि भ्रष्टाचारमा संलग्न भएको तथा रुस र इरानसँग निकट सम्बन्ध रहेको आरोप लगाएका छन् । एक अन्तरवार्तामा मचाडोले रोड्रिगेजलाई भेनेजुएलाको दमनकारी संयन्त्रसँग जोडिएको व्यक्तिका रूपमा चित्रित गरेका छन् ।

यसबीच रोड्रिगेजले पछिल्ला घटनाक्रमका बाबजुद देश अझ बलियो बनेको दाबी गरे। ‘चुनौती, आक्रमण र खतराहरूको सामना गर्दै हामी आध्यात्मिक रूपमा अझ सबल भएका छौँ’, उनले भने।

रोड्रिगेजको प्रतिक्रिया ट्रम्पले भेनेजुएलामा ‘सङ्क्रमण प्रक्रिया’ अमेरिकी अधिकारीहरूले निरीक्षण गर्ने घोषणा गरेको एक दिनपछि आएको हो । ट्रम्पले भेनेजुएलाका अन्तरिम अधिकारीहरू अमेरिकासँग सहकार्य गर्न तयार रहेको पनि दाबी गरेका छन् ।

हालैको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा रोड्रिगेजले सात दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् । राज्य प्रसारकसँग कुरा गर्दै उनले देशको रक्षा गर्ने क्रममा ज्यान गुमाउने युवा पुरुष र महिलाको सम्मानमा शोक अवधि तोकिएको बताए।

उनले हिरासतमा रहेका मादुरो र उनकी पत्नीलाई फिर्ता गर्न पनि आग्रह गरे । दम्पती हाल न्युयोर्कस्थित एक हिरासत केन्द्रमा छन् र सोमबार उनीहरूले लागुऔषध तथा हतियारसम्बन्धी अभियोगमा आफूहरू निर्दोष रहेको बताएका छन्  ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ३ : ०८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई