कांग्रेस विशेष महाधिवेशनका लागि १८ वटा उपसिमिति, नेताहरू भन्छन् : विधानको व्यवस्थालाई ‍औचित्यहीन भन्न पाइँदैन « Khabarhub

कांग्रेस विशेष महाधिवेशनका लागि १८ वटा उपसिमिति, नेताहरू भन्छन् : विधानको व्यवस्थालाई ‍औचित्यहीन भन्न पाइँदैन


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पौष २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै विधानको व्यवस्थाअनुसार पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन गर्न लागिएको जनाएका हुन् ।

पार्टी विधानले विधानसम्मत् प्रक्रिया पूरा गरी माग भएको विषेश महाधिवेशन नहुने परिकल्पना नगरेको पनि उनीहरूले बताएका छन् ।

पार्टीको विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवशेनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार कसैलाई नरहेको उनीहरूले जनाएका छन् ।

पत्रकार सम्मेलनमा नेता सुवास पोखरेलले विशेष महाधिवेशन सम्पन्न गर्न बिभिन्न तयारी व्यवस्थापनसम्बन्धी १८ वटा उपसमिति गठन गरिएको जानकारी दिए ।

उनले विशेष महाधिवेशनको अघि केन्द्रले आफ्नो दायित्व बुझ्ने र आयोजनाको स्वामित्व लिने विश्वास व्यक्त गरेका छन् ।

उनीहरूले सम्पूर्ण महाधिवेशन प्रतिनिधिको सक्रिय उपस्थिति र सहभागिताका लागि आग्रहसमेत गरेका छन् ।

पार्टीको एकतालाई थप सुदृढ पार्न विशेष महाधिवेशन कोसेढंगा सावित हुने विशेष महाधिवेशन पक्षधरले जनाएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : १६ बजे

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक

मतदाता शिक्षा प्रयोजनका लागि १० लाख थान नमूना मतपत्र छापियो

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता

त्रिवि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं– त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले