काठमाडौं – गायिका समीक्षा अधिकारी र गायक तथा नायक आमेश भण्डारीले अस्ट्रेलियामा सांगीतिक प्रस्तुती दिने भएका छन् ।
‘गलबन्दी नाइट’ कार्यक्रम अन्तर्गत परामाटा रोडस्थित ग्रान्ड प्यालेस फङ्सनमा उनीहरुले प्रस्तुती दिने भएका हुन् । जनवरी २३ का लागि उक्त कार्यक्रम तय भएको छ ।
समीक्षा र आमेशसहित सुवास खत्रीले पनि उक्त कार्यक्रममा प्रस्तुती दिनेछन् । सुवासको पछिल्लो गीत ‘शिरमा शिरबन्दी’ चर्चामा छ । जुन गीतमा समीक्षाले पनि स्वर दिएकी छन् ।
कार्यक्रमका लागि समीक्षा र सुवास नेपालबाट जान लागेको हुन् । आमेश भने उतै बस्दै आएका छन् । उनी फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’को नायक हुन् ।
यो कार्यक्रम स्टडी वाइज एजुकेसन कन्सल्टेन्सी, नेभा बिजनेस सर्भिसेस र पाल्पा इन्टरटेन्मेन्टको आयोजनामा हुनु लागेको हो ।













प्रतिक्रिया