गगन-विश्वलाई संस्थापनको जवाफ : व्यक्तिले बोलाउँदैमा विशेष महाधिवेशन हुँदैन, अब औचित्य सकियो « Khabarhub

गगन-विश्वलाई संस्थापनको जवाफ : व्यक्तिले बोलाउँदैमा विशेष महाधिवेशन हुँदैन, अब औचित्य सकियो


२३ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागको औचित्य समाप्त भएको घोषणा गरेको छ। पार्टी विधानअनुसार मात्रै विशेष महाधिवेशन आयोजना हुने पनि केन्द्रीय कार्यसमितिले जनाएको छ।

पार्टीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरिसकेर आवश्यक प्रक्रिया अघि बढिसकेको छ। यस सन्दर्भमा माग गरिएको विशेष महाधिवेशन अब स्वतः समाप्त भइसकेको कार्यसमितिको फागुन १८ गतेको बैठकले स्पष्ट गरिसकेको छ।’

कांग्रेसले महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र वडा अधिवेशन अनिवार्य प्रक्रिया भएको जनाएको छ।

हालसम्म क्रियाशील सदस्यहरूको सूची केन्द्रीय कार्यसमितिमा पेश नभएको र निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको पनि उल्लेख गरिएको छ।

पार्टीले व्यक्तिगत रूपमा बोलाइएको विशेष महाधिवेशन वा अधिवेशनमा संलग्न नहुन सबै पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था, र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई अपील गरेको छ।

यसका साथै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका उम्मेदवारहरूको सफलताका लागि सबै तहका समिति, सदस्य र समर्थकलाई सक्रिय भूमिका निभाउन आग्रह गरिएको छ।

पार्टीको विधानअनुसार मात्रै महाधिवेशनको निर्णय वैध हुने जनाउँदै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको प्रतिष्ठा र आन्तरिक एकतालाई प्राथमिकता दिनुपर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ६ : १५ बजे

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर