ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी « Khabarhub

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको भिडियो आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट सार्वजनिक भएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् । उनले गत बिहीबार उक्त भिडियो सार्वजनिक गरेका थिए ।

यद्यपि उक्त भिडियो रंगभेदी भएको भन्दै राष्ट्रपति ट्रम्पको चर्को आलोचना भएको थियो । आलोचना भएपछि पोस्ट गरेको १२ घण्टामै उक्त भिडियो हटाइएको थियो ।

ट्रम्पको ट्रुथ सोसलमा प्रकाशित एक मिनेट लामो भिडियोमा २०२० को चुनावमा धाँधली भएको भन्ने ट्रम्पको दाबीलाई दोहो¥याइएको थियो । उक्त भिडियोको अन्त्यतिर ओबामा दम्पत्तिलाई बाँदरको स्वरुपमा नाचिरहेको देखाइएको थियो ।

भिडियोको उक्त अंश कृत्रिम बुद्धिमत्ता एआईले बनाएजस्तो देखिने समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका सहयोगीद्वारा आफ्नो अकाउन्टमा पोस्ट गरिएकोे उक्त भिडियो आफूले पूरै नहेरेको टिप्पणी गरेका छन् ।

‘मैले सबै कुरो हेरिनँ ।’ सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले भने, ‘मैले शुरुको भाग हेरेको थिएँ, र त्यो मेसिनमा भएको मतदान धाँधलीसँग सम्बन्धित थियो, यो कति खराब छ, कति घिनलाग्दो छ । त्यसपछि यो कुरो मैले मान्छेलाई दिएँ । प्रायः उनीहरुले सबै कुरा हेर्छन् । तर, मेरो विचारमा कसैले त्यसो गरेन ।’

त्यसपछि सञ्चारकर्मीले ‘त्यस क्लिपको निन्दा गर्नुहुन्छ ?’ भनेर सोधेका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले पक्कै पनि आफूले त्यसको निन्दा गर्ने प्रतिक्रिया दिएका थिए । यद्यपि उनले यसबारे माफी माग्न भने अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : २८ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती