ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी « Khabarhub

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको भिडियो आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट सार्वजनिक भएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् । उनले गत बिहीबार उक्त भिडियो सार्वजनिक गरेका थिए ।

यद्यपि उक्त भिडियो रंगभेदी भएको भन्दै राष्ट्रपति ट्रम्पको चर्को आलोचना भएको थियो । आलोचना भएपछि पोस्ट गरेको १२ घण्टामै उक्त भिडियो हटाइएको थियो ।

ट्रम्पको ट्रुथ सोसलमा प्रकाशित एक मिनेट लामो भिडियोमा २०२० को चुनावमा धाँधली भएको भन्ने ट्रम्पको दाबीलाई दोहो¥याइएको थियो । उक्त भिडियोको अन्त्यतिर ओबामा दम्पत्तिलाई बाँदरको स्वरुपमा नाचिरहेको देखाइएको थियो ।

भिडियोको उक्त अंश कृत्रिम बुद्धिमत्ता एआईले बनाएजस्तो देखिने समाचार संस्था रोयटर्सले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसका सहयोगीद्वारा आफ्नो अकाउन्टमा पोस्ट गरिएकोे उक्त भिडियो आफूले पूरै नहेरेको टिप्पणी गरेका छन् ।

‘मैले सबै कुरो हेरिनँ ।’ सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले भने, ‘मैले शुरुको भाग हेरेको थिएँ, र त्यो मेसिनमा भएको मतदान धाँधलीसँग सम्बन्धित थियो, यो कति खराब छ, कति घिनलाग्दो छ । त्यसपछि यो कुरो मैले मान्छेलाई दिएँ । प्रायः उनीहरुले सबै कुरा हेर्छन् । तर, मेरो विचारमा कसैले त्यसो गरेन ।’

त्यसपछि सञ्चारकर्मीले ‘त्यस क्लिपको निन्दा गर्नुहुन्छ ?’ भनेर सोधेका थिए ।

जवाफमा राष्ट्रपति ट्रम्पले पक्कै पनि आफूले त्यसको निन्दा गर्ने प्रतिक्रिया दिएका थिए । यद्यपि उनले यसबारे माफी माग्न भने अस्वीकार गरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  २ : २८ बजे

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु