टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी « Khabarhub

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले पारजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लबमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी छँदै पूरा गर्‍यो ।

पाकिस्तानको जितमा शाहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । ३१ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी, फहिम अशरफले २९ रन बनाए । ११ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । साइम ऐयुबले १३ बलमा २४ रन जोडे ।

बलिङतर्फ डच टिमका आर्यन दत्त र पउल भान मिकेरेनले समान दुई विकेट लिए भने लोगन भान बिक, काइल क्लेइन र रोलोफ भान डेर मेर्वेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले इनिङ सकिन एक बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाए । २९ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, बस डे लिडले ३० रन बनाए । २५ बलको सामना गरेका उनले चार चौका प्रहार गरे । त्यसैगरी, ओपनर ब्याटर माइकल लेभिटले १५ बलमा २४ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए । त्यस्तै, मोहम्मद नवाज, अब्रार अहमद र सइम ऐयुबले समान दुई विकेट लिए । शहीन शाह अफ्रिदीले एक विकेट हात पारे ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ३ : ०३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने