टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी « Khabarhub

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन विकेटले पारजित गरेको छ । श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पोर्ट्स क्लबमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले तीन बल बाँकी छँदै पूरा गर्‍यो ।

पाकिस्तानको जितमा शाहिबजादा फरहानले सर्वाधिक ४७ रन बनाए । ३१ बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे ।

त्यसैगरी, फहिम अशरफले २९ रन बनाए । ११ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे । साइम ऐयुबले १३ बलमा २४ रन जोडे ।

बलिङतर्फ डच टिमका आर्यन दत्त र पउल भान मिकेरेनले समान दुई विकेट लिए भने लोगन भान बिक, काइल क्लेइन र रोलोफ भान डेर मेर्वेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले इनिङ सकिन एक बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ३७ रन बनाए । २९ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, बस डे लिडले ३० रन बनाए । २५ बलको सामना गरेका उनले चार चौका प्रहार गरे । त्यसैगरी, ओपनर ब्याटर माइकल लेभिटले १५ बलमा २४ रन जोडे ।

बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन विकेट लिए । त्यस्तै, मोहम्मद नवाज, अब्रार अहमद र सइम ऐयुबले समान दुई विकेट लिए । शहीन शाह अफ्रिदीले एक विकेट हात पारे ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ३ : ०३ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको