परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले « Khabarhub

परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको छ : उपसभापति वाग्ले


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताएका छन् ।

रास्वपा तनहुँ–काठमाडौँ सम्पर्क विभागद्वारा आज यहाँ आयोजित ‘बृहत् एवं जेनजी भेला’ मा उनले रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएर युवा सहधागिता बढाएको बताए ।

आगामी फागुन २१ गते हुने निर्वाचन पुस्तान्तरणको निर्वाचन भएको उपसभापति वाग्लेको भनाइ छ । लोकतन्त्रमा प्रष्ट बहुमत आवश्यक पर्नेमा जोड दिँदै उहाँले पार्टीलाई बहुमतका साथ विजयी गराउन मतदातासँग आग्रह गरे ।

हाल देशभरका ७७ जिल्ला तथा ५५० पालिकासहित ३८ देशमा रास्वपाको सङ्गठन विस्तार भइसकेको उपसभापति वाग्लेले जानकारी दिए । उनका अनुसार हाल रास्वपाको देशभर तीन लाख सक्रिय सदस्य छन् । पार्टीले सुशासन, भ्रष्टाचार विरोधी अभियान, सडक, हवाई सञ्जाल, इन्टरनेट सेवा र ऊर्जालाई प्राथमिकता दिएको उहाँले उल्लेख गरे ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  ८ : ५५ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष