सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप « Khabarhub

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा बढीलाई दादुरा विरुद्धको खोप लगाइएको जनाएको छ ।

स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले मङ्गलवा–२, ३, ४, ८, ९ र १० मा लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइएको बताए।

उनका अनुसार उक्त ठाउँमा करिब १० हजार ३२ जनालाई दादुरा विरुद्धको खोप लगाइको छ । दादुरा फैलिएको ठाउँमा सात हजार ५१९ बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।

“हाम्रो अनुमानभन्दा धेरै बालबालिका ती वडामा थिए”, उनले भने, “त्यही भएर हाम्रो लक्ष्यभन्दा दुई हजार ४५२ जना बढी बालबालिकालाई खोप लगायौँ ।”

दादुराको सङ्क्रमण फैलिएको ती वडामा छ महिनादेखि १५ वर्षमुनिका सबैलाई दादुरा विरुद्धको खोप लगाइएको छ । अहिलेसम्म उक्त ठाउँमा सात जना दादुराका बिरामी भएको पुुष्टि भएको छ ।

“सात जनामा मात्र दादुरा देखिए पनि फैलन सक्ने जोखिम भएकाले प्रभावित वडासँग जोडिएका वडामा पनि खोप लगाएका हौँ”, उनले भने । गत पुस २५ गते मलङ्गवा नगरपालिक–३ र ४ मा दादुरा महामारी फैलिएको थियो ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १० : १६ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर