सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि « Khabarhub

सर्लाही-४ : गगन थापा भन्दा अमरेश सिंह ३२ सयले अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्लाहीको क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले अग्रता बढाएका छन्।

नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सो क्षेत्रमा अमरेशले अग्रता ३२ सय बनाएका हुन्।

शनिबार बिहान सार्वजनिक मतपरिणाम अनुसार सिंहले नौ हजार ३७ मत पाउँदा कांग्रेस सभापति थापाले पाँच हजार ८२८ मत पाएका छन्। उक्त क्षेत्रमा मतगणना जारी छ ।

यसअघि लगातार तीन पटक काठमाडौं–४ बाट विजयी भएका थापा पहिलो पटक तराई झरेर उम्मेदवार बनेका हुन् । अमरेश भने सर्लाहीमा कांग्रेसबाट टिकट नपाउँदा २०७९ मा स्वतन्त्र ढंगले उम्मेदवार बनेरसमेत विजयी भएका नेता हुन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ६ : १६ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा