जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत ! « Khabarhub

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत !


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चलिरहेका बेला जुम्लामा भने राप्रपाले बाजी मार्ने देखिएको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व सांसद ज्ञानबहादुर शाहीले भारी मतको अग्रता बढाएका छन् ।

राप्रपाका शाहीले १० हजार ६३२ मत पाउँदा देशभर लहर चलाएको रास्वपाकी विनिता कठायतले २३० मत मात्र पाएकी छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ६ हजार ८२६ मत पाएका छन् भने नेपाली कांग्रेसका दिपबहादुर शाहीले चार हजार १५१ मत पाएका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २ हजार ८८४ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर राउतले २९७ मत पाएका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १० : ०५ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई