जितपछि रविले भने- नागरिक समक्ष गरेका करारलाई पालना गरेर अगाडि बढ्छौँ « Khabarhub

जितपछि रविले भने- नागरिक समक्ष गरेका करारलाई पालना गरेर अगाडि बढ्छौँ


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका करारलाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । 

चितवन क्षेत्र नं. २ बाट ५४४०२ मत ल्याएर विजयी भएका लामिछाने निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरूलाई ठूलो जिम्मेवारी प्रदान गरेकोले आगामी दिनमा सम्हालिएर नआत्तिई अगाडि बढ्ने बताए ।

 सभापति लामिछानेले नागरिकहरूका आम अपेक्षाका बारेमा आफूहरू जानकार रहेको भन्दै सबैलाई समेटेर अगाडि जाने बताए । उनले यो तहको नतिजा आफूहरूको पक्षमा आएकोमा खुसी भएको भन्दै जनताले के सोचिरहेका छन् भनेर संवादमै रहेको बताए ।

 उनले जनताको अपेक्षा अनुसार काम गर्न नसके आफूहरूको अवस्था पनि अहिलेका केही दलहरूको जस्तो हुनेमा सचेत रहेको बताए ।  ‘आगामी बाटो सजिलो छैन, तर असम्भव पनि छैन, मात्तिएर, आत्तिएर हैन सम्हालिएर सुझबुझ तरिकाले जान्छौँ,’ सभापति लामिछानेले भने, ‘फरक मत राख्नेहरूलाई पनि सम्मान गर्छौँ, कसैलाई पनि खेद्ने काम गर्दैनौँ । ‘

उनले विजयी भएर हौसिएर उत्तेजित भएर कसैलाई पनि नराम्रो व्यवहार नगर्न र जहिल्यै अरूको सम्मान गर्न आफ्ना कार्यकर्ताहरूलाई आग्रह गरे ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ३९ बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ