भक्तपुर१ मा रास्वपाका रुकेश रन्जित विजयी « Khabarhub

भक्तपुर१ मा रास्वपाका रुकेश रन्जित विजयी


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर १ मा रास्वपाका रुकेश रन्जित विजयी भएका छन् । 

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पार्दै रास्वपाका उम्मेदवार रन्जित विजयी हुनुभएको हो । 

रन्जितले ३३ हजार ४३६ मत प्राप्त गरे भने सुवालले २८ हजार १४७  मत प्राप्त भयो । कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाएका छन् । 

भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि रास्वपाका रुकेश रन्जितले जनताले दिएको जिम्मेवारी र जनतासँग गरिएको वाचाहरूलाई पुरा गरिने बताए । देशको नीति निर्माण गर्ने कामको अभिभारालाई समेत गम्भीरतापूर्वक निर्वाह गर्ने उनको भनाइ छ । 

यसअघि भक्तपुर क्षेत्र नं १ मा २०४८ सालदेखि लगातार नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी हुँदै आएका थिए । रास्वपाका रुकेश रन्जितको जितसंगै भक्तपुर १ मा नेमकिपाको लगातारको जितको श्रृखला अन्त्य भएको छ । 

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ०० बजे

बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको

कांग्रेस संस्थापन इतर समूहले भन्यो- सर्वोच्चबाट अन्तिम फैसला नआएसम्म महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि रोकौँ

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आयोजक समितिले

भुटानका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं- भुटानका दुई मन्त्रीले राजीनामा दिएका छन् । भुटानका गृहमन्त्री

सदनप्रति उत्तरदायी हुन तयार भएनन् प्रधानमन्त्री, सभामुखले भेटेरै बोलाउँदा पनि भने : विचार गरौँला

काठमाडौं- मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि सभामुख डोलप्रसाद अर्यालयले

ट्रम्पले इरानसँग मागे क्षतिपुर्ति

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भावित शान्ति सम्झौताका लागि नयाँ