ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल « Khabarhub

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र पार्टीको आँधीमा परेर हार्नबाट जोगिएका छन् ।

अध्यक्ष ओलीले आफूलाई प्रश्न गरेको, विपक्षी गुटमा गएर चलखेल गरेको, ११ औँ महाधिवेशनमा चुनौती दिएकोसहितका आरोप लगाउँदै टिकट नदिँदा एमालेका केही प्रभावशाली नेताहरू रास्वपाको आँधीमा पर्नबाट जोगिएका हुन् ।

बिहीबारको निर्वाचनपछि देशभर भइरहेको मतगणनाअनुसार चुनावी मैदानमा रहेका सबै एमालेका पदाधिकारीहरू हारको डिलमा पुगिसकेका छन् ।

अध्यक्ष ओलीको फराकिलो हार पक्का भइसकेको छ। उता महासचिव शंकर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पराजित भइसकेका छन् ।

तर एमाले पार्टी सञ्चालनलाई लिएर अध्यक्ष ओलीको एकलौटी कार्यशैलीको विरोधसहित उनको विचारभन्दा फरक मत राख्दै आएका केही प्रभावशाली नेताहरूलाई उनले टिकट दिएका थिएनन् ।

ओलीले टिकट बाँड्न बसेको बैठकमा उपमहासचिव योगेश भट्टराईको त अपमान नै गरे । बैठकमै भट्टराईले चुनाव नजित्ने प्रतिवेदन नआउने भन्दै ओलीले अपमानजनक टिप्पणी गरे ।

२०७४ र २०७९ मा ताप्लेजुङबाट जितेका योगेशलाई रोक्ने नाममा उनले टिकट होल्ड गरिदिए । अनि, आफ्नो निरन्तर गुणगान गाउँदै आएका युवा संघ नेपालका क्षितिज थेबेलाई टिकट थमाइदिए ।

तर थेबेलाई टिकट दिएपछि योगेशले उनको मनोनयनको दिन ताप्लेजुङ पुगे । त्यसपछि उनको पक्षमा भोट माग्न खटिए। योगेशकै मैवाखोलाबाट क्षितिजलाई सर्वाधिक भोट पनि आयो । ओलीको पेलाईमा परेका योगेश उनकै पक्षमा भोट माग्दै झापा ५ पनि पुगे ।

ओलीले टिकट नदिएपछि योगेशलाई निर्वाचनको जिम्मेवारी केही दिएनन् । बरू उपाध्यक्ष रामबहादुर थापा बादललाई निर्वाचनको कमान्डर बनाए। तर उनै बादल एउटा पनि चुनावी कार्यक्रममा उपत्यकाबाहिर गएनन् । बरू योगेश देशका विभिन्न जिल्लामा पुगेर एमालेका उम्देवारलाई हौस्याउन सक्रिय भए ।

अध्यक्ष ओलीले पार्टीका पूर्व उपाध्यक्ष तथा एघारौँ महाधिवेशनमा महासचिवको उम्मेदवार रहेका सुरेन्द्र पाण्डेलाई पनि टिकट दिएनन् । जिल्ला कमिटीबाट सिफारिस हुँदा पनि उनले पाण्डेलाई छेके । उनलाई पनि योगेशलाई जस्तै हार्ने भन्दै ओलीले टिकट दिएनन् ।

०७९ मंसिरमा भएको निर्वाचनमा सुरेन्द्र पाण्डेले चितवन १ बाट हार व्यहोरे पनि उनी कम विवादित र स्पष्ट दृष्टिकोण भएका नेताका रूपमा परिचित छन् । उपमहासचिव भट्टराई र नेता बास्कोटाले २०७४ र ०७९ को निर्वाचनमा जित हासिल गरेका थिए ।

पार्टीभित्र लोकप्रिय र ताप्लेजुङमा बलियो जनाधार रहेका उपमहासचिव भट्टराईलाई बैठकमै अपमान गरेका ओली आफैँ अहिले झापा ५ मा लज्जास्पद हारनजिक पुगेका छन् ।

ओलीले एमालेका अर्का नेता गोकुल बास्कोटालाई पनि काभ्रे २ को टिकट दिएनन् । बरू धुलिखेलका बहालवाला मेयर अशोक ब्यान्जुलाई टिकट थमाइदिए । त्यहाँ अहिले ब्यान्जु लज्जास्पद हारनजिक पुगेका
छन् ।

ओलीले टिकट नदिए पनि ब्यान्जुलाई जिताउने अभियानमा गोकुल पनि होमिए । उनी भक्तपुरबाट काभ्रे पुगेर ब्यान्जुको पक्षमा निरन्तर खटिएका थिए । तर रास्वपाको आँधीले यस पटक ब्याञ्जुलाई पनि उडाएको छ। काभ्रे २ मा रास्वपाका बदनकुमार भण्डारी अहिले ४७ हजार मतसहित जितनजिक छन् । उता ब्याञ्जु १२ हजार मतमै समेटिएका छन् ।

ओलीले फरक मत राख्नेहरूलाई टिकटबाट समेत बञ्चित गरेको भन्दै पार्टीभित्र र बाहिरबाट असन्तुष्टि देखिएको थियो । तर, ओलीले असन्तुष्टीकि आवाजलाई पेलेरै आफ्नो निर्णय कार्यान्वयन गरेका थिए । उनले पेलेर आफूनिकट अस्मिता थापालाई टिकट दिँदा त्यहाँ एमाले पराजित हुने बिन्दुमा पुगेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ५३ बजे

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले

भक्तपुरमा सामूहिक योगाभ्यास (फोटो पिचर)

भक्तपुर – अन्तर्राष्ट्रिय योग दिवस (आइडीवाई २०२६) को अवसरमा ऐतिहासिक

गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

पौडी खेल्नक्रममा डुबेर तीन जनाको मृत्यु

कर्णाली– सुर्खेत र दैलेखमा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको