अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित  « Khabarhub

अछाम–१ मा कांग्रेसका स्वाँर विजयी, नेकपा रावल पराजित 


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

अछाम–  प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्।

अन्तिम मत परिणामअनुसार स्वाँरले १० हजार ७५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३० मत ल्याएका छन्। स्वाँरले रावललाई ५२८ मतान्तरले पराजित गरेका हुन्।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार दीपक साउदले ७ हजार ३८६ मत प्राप्त गरेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७४५ मत ल्याएका छन्। अछाम–१ मा कांग्रेसले कडा प्रतिस्पर्धापछि जित हासिल गरेको हो।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ३ : ४६ बजे

रास्वपाका रविन महतो : जसले सर्लाही–२ मा मधेशका भेट्रान नेताहरूलाई घुँडा टेकाए

सर्लाही- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ : उपसभापति डा. वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र

चुनाव लडेका तीन पूर्व प्रधानमन्त्रीमध्ये प्रचण्ड मात्रै पुगे सदन

काठमाडौं- हालै सम्पन्न निर्वाचनमा चुनाव लडेका तीनजना प्रधानमन्त्रीमध्ये पुष्पकमल दाहाल

स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्लको अग्रता कायम

स्याङ्जा– स्याङ्जा क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार

सबै कांग्रेसका पदाधिकारी हारतर्फ, सभापति गगनमाथि नै सोझियो नैतिक प्रश्न

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका नेपाली कांग्रेसका सबै पदाधिकारी