अत्तरिया– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार नौ सय ५३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार नौ सय ५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले सात हजार आठ सय ७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार आठ सय ३९ मत प्राप्त गरेका छन् ।
कैलाली-५ मा कुल मतदाता सङ्ख्या एक लाख १० हजार पाँच सय ३९ रहेकोमा ६५ हजार सात सय ५२ मत खसेको थियो ।













प्रतिक्रिया