सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी (माटो) का उम्मेदवार हर्कराज साम्पाङले ४ हजार मतको अग्रता बनाएका छन् ।
उनले हालसम्मको मतगणनाअनुसार १२ हजार ६८३ मत प्राप्त गरिसकेका छन् । यहाँ निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङ सरिनले ८,४९८ मत प्राप्त गरेकी छन्। उनी २०७९ को चुनावमा पनि जसपाका अशोक राईसँग पराजजित भएकी थिइन् ।
अन्य उम्मेदवारहरूको स्थिति
- नेकपा (तारा) – सूर्यबहादुर भट्टराई: २,०८० मत
- एमाले (सूर्य) – टीकाराम लिम्बू: १,८४२ मत
- नेका (रुख) – सुजेन्द्र तामाङ: १,३८९ मत
यहाँ सुरूमा पछि परे पनि धरान उपमहानगरपालिकाका पूर्वमेयर साम्पाङले आफुलाई बलियो बनाउँदै लगेका छन् ।
कोशीमा उनीसहित श्रमसंस्कृतिका उम्मेदवारले अहिले पनि विभिन्न पाँच स्थानमा अग्रता बनाइरहेका छन् ।












प्रतिक्रिया